स‌क्रिय संक्रमित संख्या २५ हजार नाघ्यो, तर लकडाउन नहुने-Sutra News

स‌क्रिय संक्रमित संख्या २५ हजार नाघ्यो, तर लकडाउन नहुने

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ असोजमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेको थियो।



त्यतिबेला सक्रिय संक्रमित संख्या १७ हजार ४ सय १४ रहेको थियो। ‘कुनै दिन २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ,’ नियमित प्रेस ब्रिफिङको क्रममा डा गौतमले भनेका थिए।

बुधबार मन्त्रालयले गरेको पछिल्लो २४ घण्टाको अपडेटअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। तर, २५ हजार नाघे पनि तत्काल लकडाउन नहुने मन्त्रालयले जनाएको छ।

अब लकडाउन हुन्छ कि हुन्न भन्ने प्रश्नमा प्रवक्ता डा गौतमले भने, ‘अस्पतालले व्यवस्थापन धानिरहेको छ। धानिन्जेल लकडाउन हुँदैन।’

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ९४ हजार २५३ हजार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट