काठमाडौं- नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संघले आन्दोलन घोषणा गरेको हो।
संघले भोलि बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने जनाएको छ। जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने बताइएको छ ।