सप्तरी- सप्तरीको खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कामकाज आजदेखि बन्द गरिएको छ।
नगर प्रमुख हेमायु हकले आज विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक हप्ताहका लागि पूर्णरुपमा बन्द गरिएको जानकारी दिएका छन्।
यसअघि आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोराना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सूचना जारी गरी कार्यालयका कामकाज बन्द गरेको थियो।