आइपिएलः कोलकाताको लगातार तेस्रो जित-Sutra News

आइपिएलः कोलकाताको लगातार तेस्रो जित

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- यूएईमा जारी १३औँ संस्करणको आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ। अबुधावीमा बुधबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले तेस्रो जित निकालेको हो।



शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो। चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए। कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए। रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए।

कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १र१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले राहिल त्रिपाठीको ८१ रन मद्दतमा १ सय ६७ रन बनाएको थियो। अन्य ब्याट्सम्यानको खासै ठूलो योगदान रहेन।

जितसँगै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ। कोलकाताले ५ खेलमा ६ अंक जोडेको छ। ६ खेलमा ४ अंक जोडेको चेन्नई भने पाँचौ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट