अफगानिस्तनमा तालिबानका छुट्टाछुट्टै आक्रमणमा ६ प्रहरी र ४ सैनिकको मृत्यु-Sutra News

अफगानिस्तनमा तालिबानका छुट्टाछुट्टै आक्रमणमा ६ प्रहरी र ४ सैनिकको मृत्यु

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

जाबुल, अफगानिस्तान– अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ।



अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ। मंगलबार राति अफगानिस्तानको जाबुल प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ। उक्त जिल्लामा सैनिक समूहलाई लक्ष्य गरेर कारबम हमला गरिएको थियो। त्यसमा परी चार जना अफगान सेनाका सदस्यको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना घाइते भएका छन्।

पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन्। उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट