भारतमा कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार बढी-Sutra News

भारतमा कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार बढी

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

नयाँदिल्ली-भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ।  सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।



कुल संक्रमितमध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन्। त्यसैगरी कुल संक्रमितमध्ये ५७ लाख ४४ हजार ६९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ।  भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ। भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन्।

प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै संक्रमित  रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट