एम्बुलेन्स खरिदका लागि सांसद दवाडीले गरे आर्थिक सहयोग-Sutra News

एम्बुलेन्स खरिदका लागि सांसद दवाडीले गरे आर्थिक सहयोग

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

गोरखा- समृद्ध ताकु युवा समाजको एम्बुलेन्स खरिद अभियानका लागि गोरखा क्षेत्र नम्बर २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।



जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रका कयौँ ठाउँमा सहयोग गरेका सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिकास्थित समृद्ध ताकु युवा समाजको एम्बुलेन्स खरिद अभियानमा सहयोग गरेका हुन्।

वषौंदेखि ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाईंकै टेवाका लागि’ भन्ने अभियानका साथ समाजसेवासँगै राजनीतिमा सफल उनले बोल्ने भन्दा पनि आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताउँछन्।

120854490_2779115042406433_6340508295375118011_o.jpg

‘राजनीति पेशा बनाएर जनतालाई सधैँ झुट र लुटतन्त्र नगर्न मेरो सबैलाई आग्रह छ,’ सांसद दवाडीले भने, ‘समाज सेवा मेरो पहिलो काम हो विरोध गर्नेको मुख थुक्ने काम म काम मार्फत नै सक्षम छु बोलेर हैन। म जनप्रतिनिधि भएकोले मेरो निर्वाचन क्षेत्रका हरेक जनताको पीडामा मल्हम लगाउन हरदम तयार छु।’ उनले आफू समाजसेवामै सधैँ तल्लिन भएर लाग्ने र लागिरहेको पनि बताए।

समृद्ध ताकु युवा समाजले एम्बुलेन्स खरिद अभियानमा सहयोग गर्न चाहनेले समृद्ध ताकु युवा समाजकै ग्लोबल आइएमई बैंक बनस्थली खरिबोट शाखामा जम्मा गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट