चितवनमा एक दिनको फरकमा तीन गैंडा मृत फेला-Sutra News

चितवनमा एक दिनको फरकमा तीन गैंडा मृत फेला

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- चितवनमा एक दिनको फरकमा तीन गैंडा मृत फेला परेका छन्। चितवन राष्ट्रिय निकुञ्जका अनुसार सोमबार (२० असोज) मा दुई वटा र बुधबार (२१ असोज) मा एक गैंडा मृत अवस्थामा भेटिएका हुन्।



नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबारमा एक गैंडा मृतावस्थामा फेला परेको र सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिएका छन्।

नवलपुरको भेलौजीमा बुधबार अर्को गैंडा मृत फेला परेको छ। डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको सूचना अधिकारी रामको भनाइ छ। निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए।

पछिल्लो एक दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन्। यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट