बोल्न नसक्ने अवस्थामा रहेकाले फोनभन्दा म्यासेज गर्न चौधरीको अनुरोध-Sutra News

बोल्न नसक्ने अवस्थामा रहेकाले फोनभन्दा म्यासेज गर्न चौधरीको अनुरोध

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले आफू बोल्न नसक्ने अवस्थामा रहेकाले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नेहरूले फोनभन्दा म्यासेज गर्न अनुरोध गरेकी छिन्।



कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचाररत सचेतक चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै सो अनुरोध गरेकी हुन्। साथै उनले आफूमा स्वासप्रस्वासमा कठिनाई भैरहेको र फोनमा बोल्दा स्वास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रा समेत कम भएको जानकारी गराएकी छिन्।

चौधरीले लेखेकी छिन्, ‘म अस्पत्तालमा उपचाररत छु। यहाँहरुले मेरो स्वास्थ्यको चिन्ता गरेर फोन गरिरहनु भएको छ। म त्यसका लागि आभारी छु। स्वास प्रस्वासमा अलि कठिनाई भैरहेको र फोनमा बोल्दा स्वास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रा समेत कम भएको महसुस हुन्छ। त्यसैले सकेसम्म फोन नगरी मेसेज गरिदिनुभए आभारी हुनेछु। मेरो स्वास्थ्यको अवस्था यसै माध्यमबाट जानकारी गराउने प्रयास गर्नेछु। धन्यवाद।’

उनलाई (२० असोज) मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट