काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई सयले घटेर ९३ हजार नौं सय रुपैयाँ कायम भएको छ।
बुधबार यसको भाउ प्रतितोला ९४ हजार एक सय रुपैयाँ थियो। यस्तै तेजावी सुनेको भाउ पनि प्रतितोला दुई सयले नै घटेर प्रतितोला ९९ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार यसको भाउ प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो। यता चाँदीको भाउ भने पाँचले बढेर एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। बुधबार यसको भाउ प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ थियो।