Logo

मंगलवार, कार्तिक ४ गते २०७७

पाँच दशकपछि अमरकोशको दोस्रो संस्करण

पाँच दशकपछि अमरकोशको दोस्रो संस्करण

सूत्र न्यूज

२२ आश्विन २०७७
  • 135
    SHARES
  • पाँच दशकपछि अमरकोशको दोस्रो संस्करण

    काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोश’ को दोस्रो संस्करण प्रकाशन गरेको छ।

    विद्वद्वरामरसिंहविररचितः ‘अमरकोश’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो। सो ग्रन्थको प्रथम संस्करण साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा प्रकाशन भएको थियो।

    प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने नीतिअनुसार पं कुलचन्द्र शर्मा गौतम टीकाकार रहेको ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको जानकारी दिए।

    उनले यस ग्रन्थबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येतासमेत लाभान्वित हुने बताए। जम्मा ६८८ पृष्ठको ‘अमरकोशः’को मूल्य रु ७८० छ। प्रतिष्ठानले आफ्ना कृतिहरु सातै प्रदेशमा बिक्रीवितरणका लागि मकालु प्रकाशनलाई अख्तियारी दिएको छ।


    प्रकाशित :आश्विन २२, २०७७ बिहिवार - ११:३२:३४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.