मन्त्रिपरिषद् विस्तारबारे ओली–प्रचण्डबीच आज पनि छलफल-Sutra News

मन्त्रिपरिषद् विस्तारबारे ओली–प्रचण्डबीच आज पनि छलफल

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज पनि भेटवार्ता हुने भएको छ। मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफलका लागि नेकपाका अध्यक्षद्वयबीच छलफल हुन लागेको हो।



मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन अध्यक्षद्वय एक हप्ता यता लगातार छलफलमा छन्। तर, मन्त्रिपरिषद् पुनर्गठन वा विस्तार के गर्ने विषयमा बाझिँदा मन्त्रिपरिषद्को आकार विस्तार हुन सकेको छैन।

यद्यपी, पछिल्लो समय अध्यक्षद्वयबीच तत्कालका लागि खालि मन्त्रालयमा मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने र दशैँ–तिहारपछि पुनर्गठन नै गर्ने विषयमा अध्यक्षद्वयबीच सहमति बनेको छ। आजको बैठकमा पनि विस्तारबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट