ब्राजिलमा ५० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि-Sutra News

ब्राजिलमा ५० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

साओ पाओलो- ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको संख्या ३१ हजार ५५३ भएसँगै कूल संक्रमितको संख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ।



दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ संक्रमित एक लाख ४८ हजार २२८ जनाको मृत्यु भइसकेको छ। यस मुलुकको सबैभन्दा बढी प्रभावित शहर साओपाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। यहाँ कूल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ।

अमेरिकापछि विश्वमा कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो। ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो संक्रमण पुष्टि भएको थियो।

विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २२४ व्यक्ति संक्रमित भएका छन् भने संक्रमित दुई लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ। तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६५५२ व्यक्ति संक्रमित भएका छन् भने संक्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ।

विश्वभर कोभिड १९ संक्रमित संख्या तीन करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यसका कारण १० ६४ हजा ५७६ जनाको मृत्यु भइसकेको उक्त विश्वलयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट