Logo

आइतवार, कार्तिक ९ गते २०७७

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

सूत्र न्यूज

२२ आश्विन २०७७
  • 173
    SHARES
  • शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

    टेक्सस– गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ।

    पहिलोपटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो। हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ।

    कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको सङ्घले जानकारी दिएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्ने सङ्घले जनाएको छ।

    सङ्घका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च अधिकारी र नेपाल तथा नेपाल बाहिर रहेका विज्ञको सहभागिता रहनेछ।

    सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घका महासचिव एवं सम्मेलन संयोजक डा.हेमराज शर्माले जानकारी दिए।

     


    प्रकाशित :आश्विन २२, २०७७ बिहिवार - १४:२४:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.