

काठमाडौं– सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनले कोरोना भाइरसका कारण लकडाउन हुँदा यो वर्ष आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरेको हो।
लकडाउन तथा निषेधाज्ञाबाट आर्थिक गतिविधिमा असर गरेको छ। विशेष गरेर पर्यटन क्षेत्रमा व्यापक असर गरेकाले आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरिएको हो।
सन् २०२१ मा पनि नेपालको अर्थतन्त्र वृद्धिदर ०.६ प्रतिशत पुग्ने अनुमान छ। विश्व बैंकले सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांक अनुसार दक्षिण एसिया हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको उल्लेख गरेको छ। यसबाट दक्षिण एसियामा चरम गरिबी देखा पर्ने बैंकले अनुमान गरेको छ।