पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४मा कोरोना संक्रमण-Sutra News

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४मा कोरोना संक्रमण

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमण तथ्यांकमध्ये यो आजसम्मकै सबैभन्दा उच्च संख्या हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या ९८ हजार ६ सय १७  पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार  ६ सय ७५ जना कोरोनामुक्त भएका छन्। हालसम्म ७१ हजार ३ सय ४३ जना कोरोनामुक्त भएका छन्।

बुधबार थप १२ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय ९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट