काठमाडौं उपत्यकामा थप २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि-Sutra News

काठमाडौं उपत्यकामा थप २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकामा पनि यो आजसम्मकै उच्च तथ्यांक हो। 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ९८ हजार ६ सय १७  पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट