

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ। लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ।
बुधबार नेप्से उकालो लागेर एक हजार ६ सयको बिन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.६५ ले घटेर ३१४.७४ मा झरेको छ। कूल १ सय ९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर रु दुई अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर उकालो लाग्दा ९ उपसमूहको सेयर भने ओरालो लागेको छ। वित्त ३१.७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ। यस्तै बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०ं९९, जलविद्युत् ४४.५७, निर्जीवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ।
कारोबारका आधारमा आज अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १२ करोड ४१ लाख ८० हजार ४५३ बराबरको कारोबार भएको छ। यस्तै नेशनल हाइड्रोपावर रु १० करोड ३७ लाख तीन हजार २ सय ४१, सानिमा माई हाइड्रोपावर आठ करोड ९७ लाख ९ हजार २८, कुमारी बैंक आठ करोड ६० लाख ६७ हजार ५ सय १, अरुण भ्याली हाइड्रोपावर सात करोड १८ लाख १८ हजार ४ सय ३०, हिमाल दोलखा हाइड्रोपावर छ करोड ९९ लाख १८ हजार ७७ र शिवम् सिमेन्ट रु छ करोड ८७ लाख ६१ हजार ४०६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
मल्टीपर्पोज फिनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९.७९, समृद्धि फाइनान्स ९.७२, गुर्खाज फाइनान्स ९.४०, ग्रिन डेभलपमेन्ट बैंक ८.९७, रिलायन्स फाइनान्स ८.८२, गुह्यश्वरी फाइनान्स ८.८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए। त्यस्तै सिनर्जी पावर ७.०८, पाँचथर पावर ६.८६, लिवर्टी इनर्जी ६.७५, पाँचथर पावर कम्पनी ६.५५, अरुण काबेली पावर ६.३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाए।