उप-प्राध्यापक आक्रमणबारे उपकुलपति बाँस्कोटाको ध्यानाकर्षण-Sutra News

उप-प्राध्यापक आक्रमणबारे उपकुलपति बाँस्कोटाको ध्यानाकर्षण

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक संगठनले बिहीबार उपकुलपति प्रा‍.डा धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन्।



दोषीलाई कानूनको कठघरामा यथाशीघ्र ल्याउन, घाइतेलाई उपचार खर्च दिन र विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न माग गर्दै उपकुलपति कार्यालय अगाडि केहीबेर विरोध कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राध्यापक संगठन प्राडा रमेशप्रसाद भट्टराई र नेपाल प्रगतिशील प्राध्यापक संगठनका कल्याणी मिश्रले सो ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका नरेन्द्र शिवाकोटीले उक्त मागमा उपकुलपति बाँस्कोटा गम्भीर देखिएको र आजै कार्यकारीको बैठक राखेर उपचार खर्चको निर्णय गराइने अवगत गराएको बताए।

गत मंगलबार त्रिवि परिसर कीर्तिपुरमै चलाउनेमाथि आक्रमण भएको थियो। प्राध्यापकले दोषी जो भए पनि कारबाही हुनुपर्ने र प्राज्ञिक मर्यादालाई कायम गर्नुपर्ने माग राखी धर्ना दिएका हुन्। घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट