कति छन् उपत्यकामा आइसियु र भेन्टिलेटर ?-Sutra News

कति छन् उपत्यकामा आइसियु र भेन्टिलेटर ?

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

काठमाडौं- सरकारले कोरोना भाइरसका गम्भीर संक्रमितलाई उपचार गर्नका लागि काठमाडौंमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बिहीबार नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर संक्रमितको उपचार भइरहेको जानकारी दिए।

उनका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन्। अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन्। मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट