सप्तरी र झापामा गरी दुई कोरोना संक्रमितको मृत्यु-Sutra News

सप्तरी र झापामा गरी दुई कोरोना संक्रमितको मृत्यु

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

दमक– कोरोना भाइरस संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ। दमक नगरपालिका–९ का ५२ वर्षीय संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो।



गत असोज १८ गते अस्पताल भर्नासँगै संक्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए।

त्यसैगरी सप्तरीमा कोरोना संक्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट