मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको ३-० को जित दर्ता-Sutra News

मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको ३-० को जित दर्ता

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले ३-० को जित दर्ता गरेको हो।



डोमिनिक काल्भर्ट लेविनले गोलबाट राष्ट्रिय टिमको डेब्यू सुरु गरेका छन्। उनले २६ औँ मिनेटमा गोल गरे। सो गोलका लागि ज्याक ग्रेलिशले सहयोग गरेका हुन्।

इंग्ल्याण्डका लागि ५३ औँ मिनेटमा कनर कोडी तथा ६३ औँ मिनेटमा ड्यानी इनग्सले गोल गरेका हुन्।

बिहीबार राति नै भएका खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २-१ ले पराजित गरे। यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १-१ को बराबरी खेलेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट