परराष्ट्र मन्त्रालयको सचिवमा बढुवा भए सहसचिव पौड्याल-Sutra News

परराष्ट्र मन्त्रालयको सचिवमा बढुवा भए सहसचिव पौड्याल

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

काठमाडौं- मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयको सचिव पदमा मन्त्रालयकै वरिष्ठ सह-सचिव भरतराज पौड्याललाई बढुवा गरेको छ। सहसचिव पौड्याललाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको हो।



‘हिजोको मन्त्रिपरिषद् बैठकले मलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको रहेछ,’ बढुवा हुनुअघि मन्त्रालयको प्रवक्ता समेत रहेका पौड्यालले भने, ‘बढुवा सम्बन्धी पत्र अहिले भर्खरै पाएको छु।’

चार वर्षअघि पाकिस्तानको राजदूतको कार्यकाल समाप्त गरेर फिर्ता भएयता मन्त्रालयमै वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी अघिल्लो हप्ता मुख्य सचिवमा बढुवा भएपछि मन्त्रालयको सचिव पद रिक्त थियो।

सरकारले वरिष्ठताको आधारमा पौड्याललाई सचिव नियुक्त गरेको हो ।

सचिवका लागि भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आएकी सहसचिव सेवा लम्साल र न्युर्योकस्थित नेपालको संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख तथा अमृतकुमार राई पनि चर्चामा थिए।

पौड्याल सचिव भएसँगै बरिष्ठताका आधारमा लम्साललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

सचिवमा बढुवा भएका पौड्यालले शुक्रबार कार्यभार समेत सम्हाली सकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट