

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको भाउ प्रतितोला नौ सय रुपैयाँले बढेर ९४ हजार आठ सय कायम भएको छ।
बिहीबार यसको भाउ प्रतितोला ९३ हजार नौ सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनेको भाउ पनि प्रतितोला नौ सयले नै बढेर प्रतितोला ९४ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार यसको भाउ प्रतितोला ९३ हजार तिन सय रुपैयाँ थियो। यता चाँदीको पनि १५ ले बढेर एक हजार एक सय ९५ रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार एक सय ८० रुपैयाँ थियो।