लुम्बिनी प्रदेशका कानुनमन्त्रीलाई कोरोना-Sutra News

लुम्बिनी प्रदेशका कानुनमन्त्रीलाई कोरोना

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

रुपन्देही- लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।



कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बसेको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिए। मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पीसीआर परीक्षण गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट