बागमती प्रदेशको मार्गचित्र विमोचित-Sutra News

बागमती प्रदेशको मार्गचित्र विमोचित

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौगोलिक विकटता, जनसाङ्खिक विविधता, समावेशिताजन्य चुनौती र समस्यासँग जुध्दै समाजवादोन्मुख वातावरण तयार पार्ने दायित्व प्रदेश सरकारको रहेको बताएका छन्।



प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘दीगो विकासका लक्ष्यहरू, बागमती प्रदेशको अवस्था तथा मार्गचित्र’ नामक पुस्तक विमोचन गर्दै उनले अहिले पनि तीनै तहका सरकारले विकासमुखीभन्दा पनि वितरणमुखी बजेट प्रस्तुत गरिरहेकोले यसलाई सुधार्न जरुरी रहेको धारणा राखे। 

पुस्तकमा नेपालको दीगो विकासको चित्रण प्रस्तुत गरिनाका साथै महत्वपूर्ण वर्षका रूपमा रहेको २०१९, २०२२ र २०२५ का लागि प्रमुख आधार तथ्यांक समावेश गरी सन् २०३० का लागि मार्गचित्र प्रस्तुत गरिएको छ। उनले विकासका लक्ष्य र निर्धारित उद्देश्य समयमै प्राप्त गर्नका लागि सरकारी र गैरसरकारी निजी र सामुदायिक क्षेत्रबीच रणनीतिक साझेदारी हुन आवश्यक रहेकामा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट