पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध-Sutra News

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध

शनिबार, २४ असोज २०७७

शनिबार, २४ असोज २०७७

पाकिस्तान- सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ। चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो।



‘अनैतिक सामग्रीहरु’  भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन्। चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सिर्जना भएको अधिकारीहरुको भनाइ छ।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनु परेका उनीहरुले बताएका छन्। पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकविरुद्ध उजुरीहरु परेको उल्लेख गरिएको छ।

मुस्लिम संस्कारअनुसार महिलाहरुले बुर्का लगाउनुपर्ने, शारीरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट