डा.केसी र सरकारबीच ८ बुँदे सहमति-Sutra News

डा.केसी र सरकारबीच ८ बुँदे सहमति

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- अनसनरत डा.गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ। २७ दिनदेखि आमरण अनसनमा बसेका डा.केसी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो।



सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन्। सहमतिमा उल्लेख भएका बुँदाहरूको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ।

सरकारले डा.केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा. केसीले आज अनसन तोड्ने बताएका छन्।

सहमति पत्र

121229618_359994581811222_1905845451045328993_n.jpg

121182357_1234441343608564_4872025244122290931_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट