अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध-Sutra News

अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

वासिङ्टन– अमेरिकी राष्ट्रपति पदकालागि प्रतिस्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ। राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो।



राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउँदै आएका छन्। राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो।

राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो। यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो। सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उनले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए।

उनले आफू राष्ट्रपतीय बहसका लागि अनिश्छुक रहेपनि चुनावी ¥यालीका लागि भने तयार रहेको शुक्रबार बताएका थिए। गत शुक्रबार कोरोनाभाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुदै उनले आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले ¥यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट