बङ्गलादेशमा कोरोना संक्रमित चार लाख पुगे-Sutra News

बङ्गलादेशमा कोरोना संक्रमित चार लाख पुगे

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

ढाका- बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ। बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना संक्रमित भएका छन् भने मृत्यु संख्या पाँच हजार ५०० पुगेको छ।



तथ्याङक अनुसार विगत २४ घण्टामा बङ्गलादेशमा १० हजार ८५९ व्यक्तिको कोभिड–१९ परीक्षण भएकोमा एक हजार २०३ जना संक्रमित भेटिएका हुन्।

इस्लाम बहुल यो मुलुकमा शनिबार कोभिड–१९ संक्रमणमुक्त भएका विरामीको संख्या एक हजार ४५३ रहेको बताइएको छ। अहिलेसम्म कूल दुई लाख ९१ हजार ३६५ व्यक्ति निको भई घर फर्किएका छन्।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ संक्रमितको मृत्यु दर १.४६ प्रतिशत रहेको छ भने सङ्क्रमणमुक्त भएको सङ्ख्या ७७.२७ प्रतिशत रहेको छ।

बङ्गलादेशमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्ति संक्रमित भएका थिए भने सबैभन्दा बढी ६४ जनाको मृत्यु जुन ३० मा भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट