चितवनमा थप एक संक्रमितको मृत्यु-Sutra News

चितवनमा थप एक संक्रमितको मृत्यु

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

चितवन– जिल्लामा थप एक जना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।



दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट