

काठमाडौं– चाडबाड नजिकिएसँगै नेपाली बजारमा आज सुनको भाउ ८ सय रुपैयाँले बढेको छ। आज प्रतितोला सुनको भाउ ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यस्तै आज तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ। शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ९४ हजार ३ सय कायम भएको थियो।आज चाँदीको भाउ पनि वृद्धि भएको छ।
आज प्रतितोलदा चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको थियो। शुक्रबार प्रतितोला चाँदीको भाउ ११ सय ९५ रुपैयाँ कायम भएको थियो।