कांग्रेसको शुभेच्छुक संस्था सिडेनको संस्थापक देवकोटाको मृत्यु-Sutra News

कांग्रेसको शुभेच्छुक संस्था सिडेनको संस्थापक देवकोटाको मृत्यु

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्रा.ई. सरोज देवकोटाको मृत्यु भएको छ। कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज निधन भएको हो।



नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीतिनिर्माणमा देवकोटाले उल्लेखनीय योगदान पुर्याएका थिए। उनको निधनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट