अविश्वास प्रस्तावलाई विधि र प्रक्रियाबाटै फेस गर्छु : मुख्यमन्त्री शाही-Sutra News

अविश्वास प्रस्तावलाई विधि र प्रक्रियाबाटै फेस गर्छु : मुख्यमन्त्री शाही

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आफूविरुद्धको अविश्वास प्रस्तावलाई विधि र प्रक्रियाबाटै सामना गर्ने बताएका छन्।



‘त्यसको विधि र प्रक्रियामा गएर छलफल हुन्छ,’ मुख्य मन्त्री शाहीले भने, ‘दलको बैठक बस्छ, बसाल्दै आइएको छ। बैठकबाटै टुंगो लगाइन्छ।’

शाहीविरुद्ध आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन्।

शाही विरुद्ध तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले हस्ताक्षर गरी संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाएका छन्।

अविश्वास पत्रमा सरकार र पार्टी संसदीय दलको नेता एकै व्यक्ति हुँदा दैनिक काममा असर परेकाले कामको प्रभावकारीतामा आफूलाई विश्वास नभएको उल्लेख गरिएको छ।

हस्ताक्षर गर्नेमा पूर्व माओवादी पक्षका ५ जना सांसद रहेका छन् भने १३ जना पूर्व एमाले पक्षका रहेका छन्।

कर्णाली प्रदेशसभामा पूर्वएमालेका २० र पूर्वमाओवादी केन्द्रका १३ जना सांसद छन्। कूल ४० सदस्यीय प्रदेशसभामा ३३ जना नेकपाका, छ जना कांग्रेस र एक जना राप्रपाका सांसद छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट