नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण, एकैदिन २२ जनाको मृत्यु-Sutra News

नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण, एकैदिन २२ जनाको मृत्यु

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ७ हजार ७७५ हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार ५५२ जना कोरोनामुक्त भएका छन्। हालसम्म ७५ हजार ८०४ जना कोरोनामुक्त भएका छन्।

शनिबार थप २२ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ६ सय ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट