आइपिएलः राजस्थानको तेस्रो जित, हैदराबाद ५ विकेटले पराजित-Sutra News

आइपिएलः राजस्थानको तेस्रो जित, हैदराबाद ५ विकेटले पराजित

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

एजेन्सी- राजस्थान रोयल्सले आइपिएल टि–२० क्रिकेटमा तेस्रो जित निकालेको छ। दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो।



हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो। राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले।

राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे। दुबैले छैठौँ विकेटका लागि ८५ रनको साझेदारी गरे। यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए। जोस बट्लरले १६ रन जोडे। हैदराबादका राशिद खान र खलिल अहमेदले २र२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा जोनी बेयरस्टोले १६ रन बनाए। केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए।

जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ। राजस्थान तालिकाको छैठौँ स्थानमा उक्लिएको छ। हैदराबाद ७ खेलमा ६ अंक नै जोडेको हैदराबाद रनरेटका आधारमा राजस्थानभन्दा माथि अर्थात पाँचौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट