काठमाडौं- बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। उक्त निम्न चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशातर्फ सर्दै जाने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेकोे छ।
सोमवार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।