आइपिएलः साविक विजेता मुम्बई शीर्ष स्थानमा-Sutra News

आइपिएलः साविक विजेता मुम्बई शीर्ष स्थानमा

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

एजेन्सी- साविक विजेता मुम्बई इन्डियन्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ। अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो।



शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले। दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए।

यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए। कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे। दिल्लीका कागिसो राबडाले २ विकेट लिए। अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १र१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए।

अजिन्का रहने १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस १३ रन जोड्दा आउट भए। एलेक्स केरी १४ रनमा अविजित रहे। जितसँगै ७ खेलमा समाप्तिमा दुबै टोलीको १०/१० अंक भएको छ। तर, रनरेटका आधारमा मुम्बई तालिकाको शीर्ष स्थानमा छ भने दिल्ली दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट