फ्रेन्च ओपन टेनिसको उपाधि नाडाललाई-Sutra News

फ्रेन्च ओपन टेनिसको उपाधि नाडाललाई

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

एजेन्सी- फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनी खेलाडी राफायल नाडालले जितेका छन्। विश्‍व नम्बर २ नाडालले चिरपरिचित प्रतिद्वन्द्वी नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै १३औं पटक फ्रेन्च ओपनको उपाधि आफ्नो नाममा गरेका हुन्।



गएराति सम्पन्‍न फाइनल खेलमा नाडालले सर्बियन खेलाडी जोकोभिचलाई ६-०, ६-२ र ७-५ को सेटमा पराजित गरेका हुन्। पहिलो र दोस्रो सेट एकतर्फी बनेको थियो भने तेस्रो सेटमा जोकोभिचले पनि खेलमा फर्कने प्रयास गरे यद्यपि जीत भने नाडालले नै हात पारे।

क्ले कोर्टका बादशाह भनेर चिनिने नाडालको यो कीर्तिमानी २०औं ग्रान्डस्लाम उपाधि हो। योसँगै उनले रोजर फेडेररको २० ग्रान्डस्लामको कीर्तिमान बराबरी पनि गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट