दसैंमा नयाँ नोट नपाइने-Sutra News

दसैंमा नयाँ नोट नपाइने

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- यस वर्षको दसैंका लागि नयाँ नोट सटही नहुने भएको छ।



राष्ट्र बैंकले प्रत्येक वर्षको दसैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो। तर, यसपालिको दसैंमा नयाँ नोट नपाइने भएको हो। कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेकाले राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट निष्काशन नगर्ने भएको हो।

राष्ट्र बैंकले आइतबार सूचना जारी गरी नोट सटहीले स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने बताएको छ। सूचनामा भनिएको छ, ‘नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलिन सक्ने उच्च भएकाले आमनागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन।’

यसअघिका दसैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो। गत वर्षको दसैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट