सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा सात गुणा बढी आवेदन-Sutra News

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा सात गुणा बढी आवेदन

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- सानिमा जनरल इन्स्योरेन्सले निष्कासन गरेको साधारण सेयरमा सात गुणा बढी आवेदन परेको छ। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेकोमा १ करोड ८९ लाख ७५ हजार ६० कित्ता आवेदन परेको छ।



आइतबार पाँच बजेसम्मको अवधिमा ८ लाख ८२ हजार ७ सय ३ जना आवेदकले झण्डै दुई करोड कित्ता आवेदन हालेका थिए।बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका बैंकबाट परेको आवेदन सबै आइनसकेको र कतिपयको रद्द समेत हुने भएकाले आवेदन थपघट हुन सक्नेछ।

कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्ता मध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन्। कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आधार औसत भन्दा राम्रो रहेको संकेत गर्छ।

हाल कम्पनीको चुक्तापूँजी ७० करोड रहेको छ। १ अर्ब जारी पूँजी रहेको उक्त कम्पनीको सर्वसाधारणलाई आईपीओ बिक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट