कांग्रेसको चुनौतीप्रति बाबुरामको जवाफ- निष्पक्ष छानविन गरौं, सहयोग गर्न प्रतिबद्ध छु-Sutra News

कांग्रेसको चुनौतीप्रति बाबुरामको जवाफ- निष्पक्ष छानविन गरौं, सहयोग गर्न प्रतिबद्ध छु

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्। पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै डा.भट्टराईले छानविनको माग गरेका हुन्।



जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता समेत रहेका डा.भट्टराईले २२ असोजमा गृह जिल्ला गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष प्रचण्डले ९ अर्ब बाँडेर खाएको बताएका थिए।

उक्त खबर बाहिरिएपछि कांग्रेसले आइतबार विज्ञप्ति निकालेर डा.भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो। कांग्रेसको सो भनाइप्रति डा.भट्टराईले आइतबार नै ट्वीटरमार्फत् जवाफ दिए।

उनले लेखेका छन्, ‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट