कोरोनाबाट चितवनमा थप एकको मृत्यु, ५५ संक्रमित-Sutra News

कोरोनाबाट चितवनमा थप एकको मृत्यु, ५५ संक्रमित

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

चितवन- भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीया वेवारिसे महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो।



पौडेलका अनुसार यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो।

त्यसैगरी चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितवन बाहिरका छन्। संक्रमित हुनेहरू ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्म छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट