सुनको भाउ स्थिर, चाँदीको बढ्यो-Sutra News

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै भाउमा बिक्री भइरहेको छ। छापावाल सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ छ।



गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो। महासंघका अनुसार तेजावी सुनको भाउ ९५ हजार १ सय रुपैयाँमै स्थिर छ।

शुक्रबार तेजावी सुन तोलामा ९४ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। सोमबार चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ। आइतबार चाँदीको भाउ तोलाको १ हजार २ सय ३५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट