नेपाल-चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न रावलको माग-Sutra News

नेपाल-चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न रावलको माग

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्।



रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन्।

‘नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्,’ रावलले भनेका छन्। देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने रावलको माग छ।

तर सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको बताइसकेको छ। हालै हुम्लाको सीमा क्षेत्रमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो। यो सामाचार सार्वजनिक भएपछि चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट