धरानमा होम आइसोलेसनमा बसेका वृद्धको मृत्यु-Sutra News

धरानमा होम आइसोलेसनमा बसेका वृद्धको मृत्यु

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो।



उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए।

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो। सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ। धरानमा एक पत्रकारसहित ८२ जनामा आज संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट