ओलीलाई भेटेर प्रचण्डले भने–कर्णालीको घटनाले पार्टी एकताका लागि पनि राम्रो गर्दैन-Sutra News

ओलीलाई भेटेर प्रचण्डले भने–कर्णालीको घटनाले पार्टी एकताका लागि पनि राम्रो गर्दैन

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर्णाली प्रदेशमा भएको घटनाप्रति ध्यानाकर्षण गराएका छन्।



सामेबार बिहान बालुवाटारमा भेटेर प्रचण्डले ‘कर्णालीमा जे भयो त्यो राम्रो नभएको’ भन्दै प्रधानमन्त्रीले त्यसलाई मिलाउनुपर्ने बताएका हुन्।

करिब ७० मिनेट भएको कुराकानीमा मुख्यतया कर्णाली प्रदेशमा आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दलकै १८ सांसदले दर्ता गराएको अविश्वासको प्रस्तावमा केन्द्रित भएर छलफल भएको थियो।

‘अहिले कर्णालीमा जे भयो त्यो राम्रो भएन,’ प्रचण्डले ओलीलाई भनेका थिए, ‘यसले पार्टी एकता र अगाडि बढ्नका लागि पनि राम्रो गर्दैन् । यो पार्टी एकताको मर्मविपरित हुन्छ ।’

जवाफमा ओलीले आफूले त्यो काम गर्न नलगाएको बताएका थिए।

तर, पूर्व माओवादीका धेरै नेता कार्यकर्ताहरु ओलीले नै अह्राएकाले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको ठानेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट