इटहरीका ९० वर्षीय संक्रमितको विराटनगरमा मृत्यु-Sutra News

इटहरीका ९० वर्षीय संक्रमितको विराटनगरमा मृत्यु

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

विराटनगर- कोरोना संक्रमित सुनसरीको इटहरी–५ का ९० वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरमा सोमबार बिहान मृत्यु भएको छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।



स्वाबको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि २३ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। बृद्धलाई नोबेलकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भए पनि बचाउन नसकिएको दाहालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट