कोरोना भाइरस नोट र सिसामा २८ दिनसम्म बाँच्छ : वैज्ञानिक-Sutra News

कोरोना भाइरस नोट र सिसामा २८ दिनसम्म बाँच्छ : वैज्ञानिक

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

एजेन्सी– हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन्।



अष्टेलियाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा बढी समय बाँच्ने तथ्य बाहिर ल्याएकोबीबीसीले जनाएको छ।

सो अध्ययन अँध्यारोमा गरिएको हो र सूर्यबाट आउने परावैजनिक किरण ९अल्ट्र भ्वालेट० ले भने कोराना भाइरसलाई मार्न सक्कने तथ्य यस अघि नै बाहिर ल्याइएको थियो।

केही वैज्ञानिकले भने यस्तो सतहमा रहेका भाइरसबाट मानिसको वास्तविक जीवनमा पर्न सक्ने जोखिमप्रति भने शंका व्यक्त गरेका छन्।

कोरोना भाइरस धेरै जसो मानिसले खोक्दा, हाच्छिउँ गर्दा र कुरा गर्दा सर्ने गर्छ। विगतमा प्रयोगशालाहरुमा गरिएको अध्ययनले बैंक नोटमा दुईतीन दिनसम्म, स्टिल र प्लास्टिकमा छ दिनसम्म कोरोना भाइरस जिवित रहन सक्ने पाइएको थियो तर त्यो परीक्षणमा एकरुपाता भने थिएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट