नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको हत्या-Sutra News

नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको हत्या

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

एजेन्सी- नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन्।उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन्।



ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन्।

गएको शुक्रबार र शनिबार सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ। तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन। गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा ती बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए।

प्रत्यक्षदर्शीहरुले गएको शुक्रबार र शनिबार ती स्थानमा ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेका थिए। उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन्। ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन्। तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन।

ती जिल्लाका जिल्ला प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट